सनिउल्ला धोबी,कपिलवस्तु मंसीर १
कपिलवस्तुको चन्द्रौटामा रहेको इलाका प्रशासन कार्यलयबाट कम्प्युटरद्धारा नागारिकता वितरण कार्य आज देखी सुरु भएको छ ।
इलाका प्रशासन कार्यलयबाट लामो समय देखी हस्ता लिखीत नागारिकता जारी हुदै आएको थियो ।
आजबाट कम्प्युटरबाट नागारिकता वितरण कार्य सुरु गरीएको इलाका प्रशासन कार्यलयका प्रमुख तथा उपसचिव मेघनाथ पाध्ययेले जानकारी दिनु भयो । आज पहिलो दिन २३ जनालाई कम्प्युटर सफ्टवेरबाट नागारिकता वितरण गरिएको उहाले बताउनु भयो ।
हस्ता लिखीत नागारिकता वितरण गर्दा धेरै समय लाग्ने र अक्षरहरु गडबड हुने भएकोले कम्प्युटर सफ्टवेरबाट नागारिकता जारी गर्दा समय र अक्षरहरु सुधार र सजिलो भएको इलाका प्रशासन कार्यलयका शाखा अधिकृत जगदिश आर्यालले बताउनु भयो ।
कम्प्युटरद्धारा कार्य गर्दा डाटाहरु इन्टरनेटमा सेभ हुने भएकोले यो प्रक्रिया धेरै सजिलो भएको अर्यालले जानकारी दिनु भयो । नेपाल सरकारले सबै निकायमा कम्प्युटर सफ्टवेरबाट कामकाज गर्न निर्देशन दिएपछी इलाका प्रशासन कार्यलय चन्द्रौटाबाट पनि कम्प्युटरद्धारा कार्य सुरु गरीएको हो ।
3