दुई दर्जन रूसी ड्रोन खसालेको युक्रेनको दाबी

सेयर गर्नुहोस

एजेन्सी
रूसले रातिप्रक्षेपण गरेका शाहेद-१३१ र शाहेद-१३६ गरी ४४ ड्रोनमध्ये २७ वटा खसालेको युक्रेनी वायुसेनाले जनाएको छ ।

आठ ड्रोनहरू राडारबाट गायब भएका छन् भने शुक्रबार बिहानसम्म कैयौँ ड्रोन युक्रेनी हवाई क्षेत्रमा रहेको वायुसेनाले जनाएको छ ।

ड्रोन बाहेक, रूसले युक्रेनमा केएच–५९ गाइडेड मिसाइल र केएच–३१ पी एन्टि–रेडिएशन मिसाइल प्रहार गरेको थियो ।

मध्य निप्रोपेट्रोभ्स्क क्षेत्रको पाभलोग्राद सहरमा भएको आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुको साथै ३० जना घाइते भएको क्षेत्रीय गभर्नर सर्गी लिसाकले जानकारी दिए।

Facebook Comments Box