समतामूलक समाज निर्माण गर्न तीजले प्रेरणा देओस् : राष्ट्रपति

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्वले समाजमा भ्रातृत्व, सदाचार र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएको बताएका छन्।

तीजको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले तीजलगायत पर्व धार्मिक सहिष्णुताको प्रतिविम्ब रहेको बताएका छन्। ‘परापूर्वकालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्ब रहेको महशुस मैले गरेको छु’, उनले बनेका छन्।

उनले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीति अन्त्य गरी समतामूलक समाज निर्माण गर्न यो पर्वले सबैमा उत्साह प्रदान गर्ने अपेक्षा लिएको बताएका छन्।

उनले देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त बनाउँदै सामाजिक, साँस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भनी शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले यदाकदा देखिने गरेको भड्किलोपन तथा खर्चिलोपन न्यून गर्दै  यसको साँस्कृतिक महत्त्व जगेर्ना गर्न आवश्यक देखिएको समेत बताएका छन्।

Facebook Comments Box