दलित आन्दोलनमा राजेन्द्र महतोको समर्थन

सेयर गर्नुहोस

‘दलितलाई खै ?’ ब्यानर राखेर विगत २४ दिनदेखि एक्लै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका एक युवाको आन्दोलनमा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले समर्थन जनाउँदै ऐक्यबद्धता जनाएका छन् ।

सोमबार माइतीघर मण्डला पुगी महतोले दलित आन्दोलनमा समर्थन जनाउँदै दलितलाई विभेद गर्ने र दलितलाई मान्छे नै नठान्ने नश्लवादी शासकवर्गलाई टुडिखेलमा झुण्ड्याउनुपर्ने धारणा राखेका हुन् ।

‘यस्तै–यस्तै विभेद, शोषण, दमन र अत्याचारका विरुद्ध संघर्ष गर्न राष्ट्रिय मुक्ति क्रान्ति स्थापना भएको हो । यो क्रान्तिमा सबैलाई गोलबन्द गर्दै सबैले अपनत्व महसुस गर्ने राज्य व्यवस्था स्थापना गर्नेछौं ।’ महतोले भने, ‘राष्ट्रिय मुक्ति क्रान्तिले दलितको मुद्दालाई आफ्नो मुद्दामा समाहित गरिसकेको छ, अब छुट्टाछुट्टै आन्दोलन गरेर यो नश्लवादी राज्य सत्ता सुन्नेवाला छैन । यसका लागि अब सबै परिवर्तनकारी र पहिचानवादीहरु राष्ट्रिय मुक्ति क्रान्तिमा समाहित हुन आह्वान गरेको छु ।’

उनले संविधानले न दलितलाई विभेद गरेकै थिए भन्दै संविधानले दिएको अधिकार पनि शासकवर्गले कटौती गर्दै आएको प्रति आक्रोश पोखेका थिए ।

असोज ३ अर्थात संविधान दिनलाई सबैले कालो दिवसको रुपमा मनाउनुपर्ने समेत बताए ।

‘दलितलाई खै ?’ ब्यानरसहित माइतिघर मण्डलामा २४ दिनदेखि खगेन्द्र सुनार एक्लै आन्दोलन गर्दै आएका छन् ।

Facebook Comments Box