१३ बैशाख २०८१, बिहीबार

पतिको लामो आयुका लागि व्रत बस्ने पर्व, करवा चौथ


कपिलवस्तु, कार्तिक १९ ।
जिल्लाको विभिन्न ठांउमा वैवाहित मधेशी महिला अाफ्नाे पतिकाे दीर्घायुका लागि व्रत बसी करवा चौथ पर्व अाज मनाउदै छन ।
कार्तिक कृष्ण चतुर्थिका दिन नहाईधाेई गरेर निराजल व्रत बसी पति को सु-स्वास्थ्य दिर्घायु एवं उत्रोतर प्रगतिको कामना गर्दै
पत्नीहरू दिनभरि नै व्रत बस्ने गर्दछन् ।
रात्रि मा चन्द्रोदय भएपछि चन्द्रदेव र गणेश भगवानको पुजा अर्चना गरेपछि पतिकाे हाथबाट मिठा परिकार ग्रहण गरि ब्रत तोड़ने चल्न रहेको छ । कतै कतै पतिकाे अनुहार चलनीमा हेरेपछि पानी खाई व्रत ताेड्ने गरेकाे पाइन्छ । खासगरि भारतकाे उत्तर प्रदेश र बिहारसंग सटेका नेपाली क्षेत्रमा स्थानीय महिलाहरुले
अाजका दिन सांझ पखमा नयाँ चामलको फारा, आसा ,तरकारी पुरी, खीर बनाउने चलन रहेको र ब्रत तोडेपछि महिलाहरु उक्त परिकार खाने चलन रहेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट