अफगानिस्तानमा मार्शल आर्टमाथि प्रतिबन्ध

सेयर गर्नुहोस

एजेन्सी
अफगानिस्तानको तालिबान सरकारले मिश्रित मार्शल आर्ट (एमएमए) माथि प्रतिबन्ध लगाएको छ। गैर–इस्लामिक भन्दै मार्शल आर्टमाथि प्रतिबन्ध लगाएको खेल प्राधिकरणले जनाएको छ।

खेलको इस्लामिक कानून वा शरियाको पालनाको अनुसन्धानपछि सद्गुणको प्रचार र अवगुणको रोकथामका लागि मन्त्रालयमा अफगानिस्तानको नैतिकता प्रहरीले उक्त आदेश पारित गरेको प्राधिकरण र स्थानीय सञ्चारमाध्यमले बताएका छन्।

‘यो खेल शरियाको सन्दर्भमा समस्याग्रस्त छ र यसमा धेरै पक्ष इस्लामको शिक्षासँग विरोधाभासपूर्ण छन्’, तालिबान सरकारको खेल प्राधिकरणले एएफपीलाई पठाएको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अफगानिस्तानमा मिश्रित मार्शल आर्टमाथि प्रतिबन्ध लगाउने निर्णय लिइएको छ।’

खेल प्राधिकरणका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार मार्शल आर्टलाई अत्यन्त हिंसात्मक मानिएको र यसबाट चोट वा मृत्युको खतरा भएकाले एमएमएमाथि आंशिक रूपमा प्रतिबन्ध लगाइएको थियो।

मार्शल आर्ट अफगानिस्तानमा लोकप्रिय खेल हो। पेरिस खेलमा राष्ट्रिय वा शरणार्थी ओलम्पिक टोलीमा भाग लिने ११ अफगानमध्ये चार जना मार्शल आर्टका खेलाडी थिए।

इस्लामिक कानूनको कडा व्याख्या लागु गर्दै तालिबान सन् २०२१ मा सत्तामा फर्किएको थियो। उनीहरूले हालै नैतिकता कानूनलाई अनुमोदन गरेका छन्। यसमा व्यवहार र पोशाकमा धेरै नियमलाई औपचारिक रूप दिइएको छ। कानूनमा पुरषहरूले घुँडाभन्दा माथि कमिज लगाउन नपाइने व्यवस्था गरिएको छ।

मार्शल आर्ट अफगानिस्तानमा लोकप्रिय खेल हो। पेरिस खेलमा राष्ट्रिय वा शरणार्थी ओलम्पिक टोलीमा भाग लिने ११ अफगानमध्ये चार जना मार्शल आर्टका खेलाडी थिए।

Facebook Comments Box