उल्भ्समाथि चेल्सीको आधा दर्जन गोल
काठमाडौं : इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले उल्भ्समाथि एक दर्जन गोल बर्साएको छ। गएराति भएको खेलमा खेलमा चेल्सीले उल्भ्सलाई ६-२ गोल अन्तरले पराजित गरेको हो।
चेल्सीको जितमा नोनी माडुएकेले ह्याट्रिक गरेका थिए भने निकोलस ज्याक्सन, कोल पाल्मर र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए। एटलेटिको
म्याड्रिडबाट चेल्सीमा परमानेन्ट रुपमा आएपछि खेलेको पहिलो खेलमा फेलिक्सले गोल गर्दै आफ्नो शानदार शुरुवात गरेका छन्।
त्यस्तै उल्भ्सका लागि माथेउस चुन्हा र जोर्गेन लार्सेनले एक एक गोल गरेका थिए ।
यो जितपछि यस सिजनको पहिलो खेलमा हार बेहोरेको चेल्सीको २ खेलमा ३ अंक भएको छ भने उल्भ्सले लगातार दोस्रो खेलमा हार बेहोरेको छ। गएराति नै भएको अर्को खेलमा लिभरपुल ब्राइटनलाई २-० गोलले हरायो। त्यस्तै बर्नमाउथ र न्युक्यासलले १-१ को बराबरी खेले ।
Facebook Comments Box
