२६ भाद्र २०८१, बुधबार

आजदेखि कर सप्ताह सुरु ।। आन्तरिक राजश्व कार्यालय कृष्णनगरद्धारा प्रभातफेरी

सनिउल्ला धोबी,कपिलवस्तु मंसीर १
आजदेखि कर सप्ताह सुरु भएको छ । पाचौ राष्ट्रिय कर दिवसको अबसरमा गौरवका साथ तिरौ कर, समृद्ध राष्ट्र हाम्रो रहर भन्ने नारा सहित साताब्यापी कार्यक्रम सुरु गरिएको हो ।15134347_1155356884540609_764703387_n

सप्ताहको पहिलो दिन आज आन्तरिक राजश्व कार्यालय कृष्णनगरले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । कार्यलयबाट सुरु भएको प्रभातफेरी टेलीकम चोक, नगारपालिका चोक, गोलघर चोक र भन्सार चोेक हुदै आन्तरिक राजश्व कार्यालय परिसरमा पेुगेर टुङ्गिएको थियो ।
प्रभातफेरीमा आन्तरिक राजश्व कार्यालय कृष्णनगरका कर्मचारी, कृष्णनगर उद्योग बाणिज्य संघ, चन्द्रौटा उद्योग बाणिज्य संघ, कपिलवस्तु उद्योग वाण्ज्यि संघका प्रतिनिधी, पत्रकार र स्थानिय विद्यालयका बालबालिका लगायत कपिलवस्तुका उद्योगी ब्यबशायीको साथै सरकारी कर्मचारीहरुको सहभागिता थियो ।
प्रभातफेरीपछि आयोजित कार्यक्रममा संसद अभिषेक प्रताव शाहले पछिल्लो समय कर संकलन उत्साहप्रद भएपनि संकलित करलाई निर्माण कार्यमा लगाउन नसकिएको बताउनु भयो । कर दिबसको अबसरमा कर प्रशासन र करदाता एकसाथ हुदा कर प्रतिको नकारात्मक भाबना हट्ने र कर कार्यालय र ब्यबशायी बिचको सम्बन्ध सधै सुमधुर हुनेमा जोड दिनुभयो ।
इलाका प्रशासन कार्यलय चन्द्रौटा प्रमुख मेघनाथ पाध्येले करको दायरामा नरहेका मासु ब्यबशायी, मोटरसाईकल वर्कसप, फलफुल ब्यबशायीलाई पनि करको दायरामा ल्याउन पहल गर्नुपर्ने बताउनु भयो ।
सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बिभिन्न बस्तुगत संघ, संस्था, पत्रकारसंग करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिने आन्तरिक राजश्व कार्यालय कृष्णनगरका कर अधिकृत शरत चन्द्र पौडेलले जानकारी दिनु भयो ।
करको दायरामा नआएकाहरुलाई लक्षित गरी कार्यक्षेत्रमै गएर घुम्ति सेवा सञ्चालन गर्न लागिएको उहाले बताउनु भयो ।
त्यस्तै मंसिर ३ र ४ गते कर शिविर तथा घुम्ती सेवा सञ्चालन गरिने कार्यालयले जनाएको छ । आन्तरिक राजश्व कार्यालय कृष्णनगरको कार्य क्षेत्रमा कपिलवस्तु र आर्घाखाची जिल्ला रहेका छन ।

धेरै कमेन्ट गरिएका