कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।
बैठक पार्टी कार्यालय सानेमामा बिहान ११ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गत साउन २३ गतेदेखि शुरु भएको कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो।
कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको छ।
बैठकमा साउन २३ गते २०८० फागुन ७—१० गतेसम्म ललितपुरमा सम्पन्न महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहितका प्रस्तावहरु क्रमशः उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गरेका थिए।
Facebook Comments Box
