१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा उखुको खेतमा आगलागी, लाखौँको क्षति


कमलेश चन्द्र गुप्ता
कृृृृृृृृष्णनगर ।।
कपिलवस्तुमा उखुको खेतमा आगलागी भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा मंगलवार दिउसो करीब ३ बजे आगलागी भएको हो । दिउसो ३ बजे लागेको आगो करीब साढ़े ४ बजे नियन्त्रणमा आएको छ ।
कम्पाइनबाट कटिएको धानको पराल जलाउने क्रममा आगो सल्कीएको हो । आगलागीबाट करीब २५ कठ्ठा उखु र १५ धुर धान जलेर नष्ट भएका छन् भने करिब २ लाख ५० बराबरको क्षती भएको अनुमान गरिएको छ ।
आगलागीबाट दरबारी यादव, मोबिन मुसलमान, बनाहै कोरी, किशोर यादवको उखु र निब्बर यादवको धानबाली जलेको प्रहरीले बताएको छ । आगलागीबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आगोलाई कृष्णनगर नगरपालिकाको दमकल र स्थानियले स्थानीय स्रोत साधनबाट आगो नियन्त्रणमा लिएको स्थानिय निवासी रामफेर गुप्ताले जानकारी दिनु भयो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट