सङ्घीयता, गणतन्त्र र समावेशीता मास्ने गरी संविधान संशोधन हुन्न : प्रधानमन्त्री ओली

सेयर गर्नुहोस

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहमतिमा मात्रै संविधान संशोधन गरिने बताउनुभएको छ । सबै दलले कठिन सङ्घर्ष गरेर संविधान निर्माण गरेकाले त्यसको कार्यान्वयन र परिमार्जन पनि उनीहरूबीचकै सहमतिमा मात्रै हुने प्रधानमन्त्री ओलीको तर्क छ ।

प्रतिनिधि सभा बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राख्दै उहाँले सङ्घीयता, गणतन्त्र र समावेशिता मास्ने गरी संविधान संशोधन गर्न नसकिने मान्यतामा आफूहरू अडिग रहेको दोहोर्‍याउनुभयो । प्रधानमन्त्री ओलीले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने भएकाले त्यसमा विदेशी नक्कल गर्न नसकिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘संविधान संशोधन गर्न सकिन्छ भन्नुको अर्थ हामीलाई जे मन लाग्यो त्यही गर्छाैँ भन्ने होइन । संविधान चाहिएको देशका लागि हो । संविधान चाहिएको नागरिकका लागि हो । संविधान चाहिएको सुशासन र विकासका लागि हो ।हाम्रो आवश्यकताअनुसार हामीले संविधान निर्माण गरेका हौँ । हामीले संविधान बनाएको हौँ, मिलेर नै कार्यान्वन गर्छाैँ । परिमार्जन गर्छाैँ ।’

Facebook Comments Box