८ असार २०८१, शुक्रबार

नेपाल बैंकले मनायाे बार्षिकाेत्सव ।।

bank अंकुश श्रीवास्तव

कार्तिक ३० ,कपिलबस्तु । जिल्लाकाे कृष्णनगरमा रहेकाे नेपाल बैंक लिमिटेडले ८०अाैं बार्षिकाेत्सव मनाएकाे छ । कपिलबस्तु क्षेत्र नः५ का सांसद माननीय अभिषेक प्रताप शाहकाे प्रमुख अातिथ्यता तथा नेपाल बैंक लिमिटेड शाखा कृष्णनगरका प्रबन्धक अात्माराम सुर्यवंशीकाे अध्यक्षतामा शुरु भएकाे कार्यक्रममा स्थानिय भद्रभला तथा संघसंस्थाका प्रतिनिधिहरुकाे उपस्थिति थियाे। कार्यक्रमका वक्ताहरुले यस बैंक शाखालाई एटिएम, माेबाइल बैंकिङ्ग तथा अन्य अात्याधुनिक सुविधा ल्याउन सुझाव लिएका थिए । सांसद शाहले प्राईवेट बैंकहरुसंग तुलना गरि नेपाल बैंक लिमिटेडलाई पनि सुधार्नु अावश्यक रहेकाे अाैंल्याउदै उनले भने सेवाग्राहीलाई मैत्रीपुर्ण वातावरणमा सेवा दिने व्यावस्था मिलाउनुपर्छ । कार्यक्रममा समाजसेवी मंगल गुप्ता,अकिल मियां,कर अधिकृत शरद पाैडेल लगनयत विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंकका कर्मचारी तथा स्थानिय भद्रभलाकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट