बहादुरगंज ,कार्तिक ३०। कपिलबस्तुकाे बहादुरगंज गाविसमा रहेकाे पशुसेवा कार्यालय अाफ्नाे निजि भवनमा सरेकाे छ । जिबिस तथा जिल्ला पशु सेवा कार्यालयकाे अार्थिक सहयाेगमा निर्माण गरिएकाे भवनकाे अाज जग्गादाता रजत प्रताप शाहले एक कार्याक्रम बीच उदघाटन गरेका छन । नवनिर्मित भवनमा सेवा प्रदान गर्ने अावश्यक समाग्री माइक्राेस्काेप, बंध्याकरण उपकरणका साथै बाउन्ड्रीवाल र पशुखाेरकाे अभाव भएपनि कार्यालय स्थानान्तरण गरिएकाे छ । बहादुरगंज वरपरका गाबिसहरुलाई समेत सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएकाे कार्यालयलाई अहिले भवनमात्रकाे सुविधा प्राप्त भएकाे छ जसले गर्दा सेवाग्रहीलाई सेवा दिन समास्या अाउने कार्यलयका करमचारीहरुकाे भनाई रहेकाे छ । साे सन्दर्भमा अावश्यक समाग्री खरिद गर्न गाबिस भिल्मीका सचिव अंशु बर्माले अार्थिक बर्ष ०७३/०७४मा बीस हजार नगद सहयाेग गर्ने जिल्ला पशु कार्यालयका प्रमुख राज किशाेर यादवले बताएका छन । कार्यक्रममा समाजसेवी शिवकुमार गुप्ता, रामलाैटन यादव, पशु क्वारेन्टिन कृष्णनगरका प्रमुख डा.अखिलेश्वर पाण्डेय, बहादुरगंज गाबिस सचिव तेजबहादुरसिह लगायत सर्वसाधारणकाे उपस्थिति थियाे ।
3