सनि,कृष्ण, कपिलवस्तु कार्तिक ३०
कपिलवस्तको बहादुरगन्जमा रहेको सर्पदंश उपचार केन्द्रलाई आर्थिक सहयोग र यस क्षेत्रका धार्मिक पर्यटकीय स्थलहरुको प्रर्बद्धन गरिने उद्धेश्यले कपिलवस्तुको चन्द्रौटामा आयोजना हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले वताएको छ । कपिलवस्तुको चन्द्रौटामा यही मंसिर २ गतेदेखि १२ गतेसम्म “चन्द्रौटा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” को तयारी लगभग पुरा भएको आज पत्रकार सम्मेलन गरि अयोजकले जनाएको छ ।
महोत्सव स्थलमा पत्रकार सम्मेलन गरी अयोजकले महोत्वसको सम्पुर्ण तयारी लगभग पुरा भएको वताएको छ । पत्रकार सम्मेलनमा मुल आयोजक समितिका अध्यक्ष महादेव पोखरेलले चन्द्रौटा महोत्सवको उदश्यको वारेमा चर्चा गर्नुभएको थियो । अध्यक्ष पोखरेलले महोत्सवा यसपाली वाल उदानका साम्रागीमा नया नया मनोरन्जनका साधन थपेको जानकारी दिनुभयो । महोत्सवमा आयोजन गर्न सवैको सहयोग पाएको वताउदै अव महोत्सव अवलोकन गर्न सवै आउन आग्रह गर्नुभएको छ ।
गेट निर्माण वाल उदान निर्माण स्टेज निर्माण स्टल निर्माणको सवै काम अन्तीम चरणमा आएको पोखरेलले वताउनुभयो । सम्मेलन मुल आयोजक समीतीका अध्यक्ष महादेव पोखरेलको अध्यक्षता आयोजक संस्था व्यापार संघका महासचिव जगत पौडेलको संचालन उपाध्यक्ष अर्जुन सापकोटाको स्वागत, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष वसन्त गिरीको प्रमुख आतीथ्यता सम्पन्न भएको थियो । सम्मेलनमा कपिलवस्तु जिल्लावाट सक्रिय पत्रकारिता गरेका ४० भन्दा वढीको सहभागीता रहेको मिडीया व्यस्थापन उपसमीतीका संयोजक राजु खरालले जानकारी दिनू भयो ।
“कृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार” भन्ने मूल नारासहित पोर्सी २ गते महोत्सवको उदघाटन हुने छ ।
महोत्सवमा स्थानीय कृषि उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको छ । स्थानीय तहमा उत्पादन भएका कृषिजन्य बस्तु तरकारी, फलफूल, माछा लगायतका व्यवसायलाई मुख्य सहुलियतका साथ स्टल उपलब्ध गराएको छ ।
स्थानीय कृषकहरुले उत्पादन गरेका वस्तु, हस्तकला, कुटिर उद्योग, व्यापार व्यवसाय, महिला उद्यमको बजारीकरण, विकास र प्रबद्र्धन गर्नु महोत्सवको मुख्य लक्ष्य रहेको आयोजकको भनाई छ । यसका साथै विद्यालयका बालबालिका र शिक्षकहरुद्वारा निर्मित शैक्षिक प्रदर्शनी तथा सैक्षिक परामर्श पनि दर्शकको आकर्षणको केन्द्र बन्ने बताइएको छ ।
। यस्तै बालउद्यान, झुला, मौतका कुँवा, रोटेपिङ लगायतको व्यवस्था रहने उहाँले जानकारी दिनुभएको छ । यसपाली वाल उधानका साम्रागीमा अधिकास नया मनोरन्जका सामाग्री संचालनमा ल्याइएको छ ।
3