चर्चा बटुल्दै एलिना बुझ्नेहरु भन्छन नेपाली लोक दोहोरिकी एक आसा लाग्दी गायिका । । 

सेयर गर्नुहोस

alina-khanal-singer

उच्च शिक्षा हासिल गर्ने करमा काठमाडौँमा बसोबास गर्दै आएकी र कुनै  संगीत नसिकी आफ्नै लगन मेहेनतमा नेपाली सांगतिक छेत्रमा बिशेष गरि नेपाली लोक फाटोमा आफ्नो छुट्टै पहिचान  गराउन सफल भएकी गायिका एलिना खनालको बिशेष चर्चा आहिले बजारमा सुनिन पाहिन्छ । नेपाली युवा युवतीहरुहरु आहिले लोक गितभन्दा नि हिप हप गीतमा रुची राख्दै गएको बेला यी १८  बर्षिय गायिका एलिनाको रुची अझ भन्नु पर्दा उनको कला स्वोरको तारिफ यतिबेला  लोकसर्जकहरुबीच चियागफको बेला सुन्न पाहिन्छ । पछिल्लो समय यलिनाको “सुर्खेत कि नानी” बोलको गीतले निकै चर्चा पाउन थालेको छ ।  दोहोरि गीतमा निकै बिकृति  आउन थालेको छ कति छाडा गीतहरुबनेका छन्, कति गित त दोहोरि भन्न पनि लाजै लाग्दो भैसकेको बेला सानी यलिनालाई लोकदोहोरीको आशाको तन्द्रोको रुपमा लिन थालिएको छ । youtube मा खासै भ्यु नभएपनी उनको गित रेडियोहरुमा स्व्रोताको अनुरोधमा बारम्बार बज्ने गरेको रेडियोकर्मी बताउछन्  ।  तपाइहरुलाई याद छ होला गाडीमा यात्रा गर्ने बेला गाडीमा लोक गित घन्किएको रेडियोहरुमा स्व्रोताहरुको मोबाइल फोनहरुमा पनि लोकदोहोरीको गुन्जन, हो आजकल एलिनको सुर्खेत कि नानी गित  रेडियोमा निकै गुन्जिएको पाहिन्छ, कपिलवस्तुको रेडियो समानतामा लोक दोहोरि कार्यक्रम चालाउने कार्यक्रम प्रस्तोता लक्ष्मी न्यौपाने भानुहुन्छ यो गित निकै मन पराईएको छ धेरै नै बजाउन अनुरोध गर्छन हाम्रा स्व्रोताले, त्यस्तै काठमाडौँबाट नेपालगञ्ज हुदै धनगडी जाने लगभग सप्पै  गाडीमा यो गित बजाउन यात्रुहरुले भन्ने गरेको राप्ती सार्बजनिक यातायातका एक सहचालक रामु केसी  बताउछन ।

एलिनको उक्त गीतमा स्वोर बसन्त राज गौतम र प्रविन घर्ति मगरले साथ दिएका छन् भने सब्द बषन्तराज गौतम संगीत केशव गाहको र गीतलाई बजारमा Priyasi Music Pvt. Ltd ले ल्येको थियो  ।

हुनत यलिना घरकी कान्छी छोरी हुन् परिवारमा बुवा ममी आफु र एकजना दिदि भएको र दिदीको पनि बिहे भैसकेको र परिवारले आफुलाई निकै विश्वास गरेको र आफूमाथि ठुलो जिम्मेवारी भएको एलिना बताउछिन ।  एलिना भन्छिन यो फिल्डमा काम भन्दा बोल्नी धेरै छन्, आफ्नो स्वार्थ खोज्ने खुट्टा तान्ने र रिस गर्ने  धेरै छन्  यी सबैको पछी नलागी मेहेनत गर्ने केटि हु  एलिना थप्छिन  “नेपाली संगीतमा मैले धेरै गर्नु छ,नेपाली संगीतलाई निकै ठुलो योगदान गर्नु र नेपाली लोकदोहोरीको मौलिकता यसको संरक्षण र प्रबर्द्धन गर्नु हाम्रो जिम्मेवारी हो र नेपाली संगीतलाई विस्वसामु चिनाउन जरुरि छ ।

 

 

हेर्नुहोस एलिनको सुर्खेतकि नानीको पुरा भिडियो

Facebook Comments Box