१४ बैशाख २०८१, शुक्रबार

कृष्णनगरमा एक जना भारतियकाे मृत्यु


कृष्णनगर , असाेज २३ । जिल्लाकाे कृष्णनगर नगरपालिकामा एक जना भारतियकाे शव पाेखरीमा बेवारिसे अवस्थामा फेला परेकाे छ।
भारत बढनी घर भएकाे बर्ष ६५ का नन्द कुंवारकाे शव कृष्णनगर नगरपालिका ८ दयानगर गाउंकाे दक्षिणमा रहेकाे पाेखरीमा बेवारिसे अवस्थामा फेला परेकाे इलाका प्रहरी बहादुरगंजले जनाएकाे छ। दिंउसाे २ बजे स्थानियहरु पानीमा शव तैरिदै गरेकाे देखेपछि प्रहरिलाई खबर गरेका थिए । शरीर सुन्निएकाले एकहप्ता पहिलाकाे शव हुना सक्ने भन्दै प्रारम्भिक परिक्षणका लागि शिवराज अस्पतालमा पठाइएकाे नायब प्रहरी निरिक्षक धर्मराज भण्डारीले बतनउनुभएकाे छ।
उता बढनी घरभएकाे मृतकका परिवारवाला खबर पाएपछि घटनास्थल पुगेर शवकाे सनाखत गरेका छन तर पानीमन डुबेर मृत्यु भएकाे हाे व हाेइन भन्ने घटनाबारे अनुसन्धान गर्न प्रहरीसंग माग गरेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट