शिक्षक महासंघकाे आयाेजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सेयर गर्नुहोस

कपिलवस्तु , असार ७ । नेपाल शिक्षक महासङ्घ बुद्धभूमि नगर समितिकाे आयाेजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ ।
बुद्धभुमि नगरपालिकाभित्रका विद्यालयहरु सहभागी गराइएकाे कार्यक्रममा “भाषा र संस्कृतिको संरक्षणमा स्थानीय तहको भूमिका” शीर्षकमा नगर स्तरीय वक्तृत्व कला प्रतियोगिता संचालन गरिएकाे थियाे । कार्यक्रममा नेपाल राष्ट्रिय मावि रनगाईका छात्र अनुप खराल प्रथम,श्री माबि इमिलियाका सन्देश गिरि द्वितीय , जनकल्याण बरकलपुरकी छात्रा निरीक्षा भुसाल तृतीय, माबि भेलाईका प्रमोद आचार्य सान्त्वना भएका थिए ।

नेपाल शिक्षक महासंघ बुद्धभुमी नगरपालिकाका नगरसमिति अध्यक्ष माेहन गाैतमकाे संयाेजकत्व एवं नगरका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईकाे प्रमुख अतिथ्यतामा वाक्तृत्वकला प्रतियाेगिता सम्पन्न गरिएकाे नेपाल शिक्षक महासंघले जनाएकाे छ ।

Facebook Comments Box