चिनियाँ ठेकदारका ४ वटा गाडी प्रहरीको नियन्त्रणमा

सेयर गर्नुहोस

पुर्वी नवलपरासीको कावासोतीबाट चिनीयाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनका ४ वटा सवारी साधनलाइ नेपाल प्रहरीले असार १ गते नियन्त्रणमा लिएको छ ।

कावासोती नगरपालिका वडा नं. १६ स्थित केरूंगे खोलाबाट नदीजन्य पदार्थ अनधिकृत रूपमा निकासी गर्न लागेको भन्दै नेपाल प्रहरीले नियन्त्रणामा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

शनिवार बिहान ११ बजेतिर खोलामा उत्खनन गर्दैगर्दा कावासोतीबाट खटीएको प्रहरीले ति सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । नारायणगढदेखि बुटवलसम्मको १ सय १५ किलोमिटर सडकखण्डको काम गर्दै आएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनको ३ वटा टिप्पर र एउटा जेसीबी नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सवारी साधनहरू लु १ अ.यो. ३२, लु १ अ.यो. २६ र ना ६ ख ६७३५ नं. का ३ वटा टिपर र बा ३ क ८०२६ न.को जेसीबी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कावासोतीका सूचना अधिकारी डीएसपी बेद बहादुर पौडेलले नियन्त्रणमा लिइएका ती सबै सवारी साधनहरू शनिबार बिदा परेकोले आइतवार कावासोती नगरपालिकालाइ बुझाउने तयारी भएको सिद्धार्थअनलाइनमा खबर छ।

Facebook Comments Box