यातायातका उपसचिव सुन्दर भट्टराई भ्रष्टाचारी ठहर, ३ महिना कैद

सेयर गर्नुहोस

बुटवल ।यातायात कार्यालय, चावबहिलका पूर्वप्रमुखसमेत रहेका उपसचिव सुन्दर भट्टराई अकुत सम्पत्तिसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतले उनको कुल सम्पत्तिमध्ये १४ लाख ७४ हजार रूपैयाँ गैरकानुनी ठहर गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने १ करोड १५ लाख २९ हजार रूपैयाँबराबरको सम्पत्तिको गैरकानुनी रहेको दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अदालतले भने भट्टराईसँग भएको २ करोड ८१ लाख ४० हजार रूपैयाँको सम्पत्तिमध्ये २ करोड ६६ लाख ६५ हजार वैधानिक कमाइ नै रहेको फैसला गरेको छ।

उनले भ्रष्टाचार गरी कमाएको ठहर भएको १४ लाख ७४ हजार रूपैयाँ जफत हुने र त्यति नै जरिवानामा पनि हुने फैसला विशेषले गरेको छ। साथै, उनी ३ महिना कैद पनि बस्नुपर्ने फैसलामा उल्लेख छ।

Facebook Comments Box