२० फाल्गुन २०८०, आईतवार

जुकाको औषधि खुवाउनेबारे अन्र्तक्रिया सम्पन्न

rc-bdr     अंकुश श्रीवास्तव /कपिलवस्तु ,कार्तिक २९  ।    कपिलबस्तुको बहादुरगंजमा जुकाको औषधि खुवाउनेबारे एकादिने अन्र्तक्रिया सम्पन्न भएको छ ।
बहादुरगंज स्रोतकेन्द्रमा शुरु भएको उक्त कार्यक्रम जिल्लाको गणेशपुर र बहादुरगंज स्रोतकेन्द्रको संयुक्त आयोजना र सेभ दा चिल्ड्रोनको सहयोगमा दुबै स्रोतकेन्द्रका निजि बिध्यालयका फोकल शिक्षक र शिक्षिकालाई जुकाको औषधि खुवाउनेबारे जानकारी गराइएको बहादुरगंज स्रोतकेन्द्रका स्रोतव्यक्ति बनारसीलाल गुप्ताले बताएका छन । कार्यक्रमको सहजीकरण गणेशपुर स्रोतकेन्द्रका स्रोतव्यक्ति अर्जुन प्रसाद लोहारले गरेका थिए । नेपाल सरकारको स्कुल स्वास्थ तथा पोषण कार्यक्रम अन्र्तगत ६ महिना भित्र देशभरि जुकाको औषधि खुवाइन्छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट