१४ बैशाख २०८१, शुक्रबार

वाणगंगा नदी कटानले नागरिक विस्थापित हुने अवस्थामा

सनिउल्ला धोबी,

कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नदीमा आएको बाढीले महाराजगंज नगरपालिकाका नागरिक पीडित बनेका छन । नदीले जग्गा कटान गरेर बग्ने धार परिवर्तन गरेपछि महाराजगंज नगरपालिका वडा नं २, ३, ८, १० र ११ का नागरिक विस्थापित हुने अवस्थामा पुगेका छन । सबैभन्दा बढी वडा नं १० हरदौना गााउका १ सय घर विस्तापित हुने अवस्थामा पुगेका छन । बाणगंगा नदिले बलरमवापुर, बरगदी पडरिया, सिगंरहा, कजरहवा, हरदौनाका नागरिकलाई पिडित बनाएको छ ।

तिन दिन सम्म परेको अविरल बर्षाका कारण आएको बाढीले त्यस क्षेत्रमा करीब १० बिगाहा बढी जमीन कटान गरी नदीको धार गाउातिर सोझिएपछि सम्पूर्ण बस्ती डुबानको जोखिममा परेको पीडितहरू बताउाछन ।

महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले बाणगंगा नदीले धार परिवर्तन गरेका कारण एक साताको अन्तरालमा मात्रै सो क्षेत्रमा करीब १० बिगाहाभन्दा बढी खेतीयोग्य जमीन काटान गरी नदी गाउातिर आउन लागेको बताउनुभयो । नगर प्रमुखले भन्नु भयो स्थानिय तहमा बजेट आभाव भएकोले यहााका बासिन्दाको गाााउ र खेत बचाउने काम केन्द्र र प्रदेश सरकारले गर्नु पर्ने बताउनु भयो ।

नदी कटान रोक्नका लागि कटान नियान्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको नगर प्रमुखले बताउनु भयो । नदी कटान रोक्नका लागि तटबन्धको लागि ‘जनताको तटबन्ध कार्यक्रम’ तथा विभिन्न निकायमा धाउादा पनि सुनुवाइ नभएको नगर प्रमुख कलामले गुनासो गर्नुभयो ।

शुक्रबार नगर प्रमुख अब्दुल कलामले नदीले कटान गरेको जग्गा अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा स्थानियले नगर प्रमुखसंग तटबन्धका लागि छुट्टै परियोजना सञ्चालन गरी समस्याको समाधान गर्न माग गरेको स्थानिय बेदी प्रसाद यादवले बताउनुभयो ।

बाणगंगा नदीको कटान रोक्नका लागि छुट्टै परियोजना तयार गरेर तटबन्धको साथै नदीले कटान गरेको जमीनको विकासका लागि केन्द्र तथा प्रदेश सरकारबाट विशेष पहल गर्नु पर्ने महाराजगंजवासीले माग गरेका छन ।महाराजगंग नगरपालिका वडा नं १० का नागरिक बाणगंगा नदीबाट पिडित भएका छन! हरदौना की ५० बर्षिय कुशुम तारा रैदासको नदी किनारमा रहेको धान खेत समेत बगाएको छ । कुशुम तारा रैदासले भन्नु भयो “ दुई दिनको पानीले मेरो परिवार पाल्ने धान खेत बाणगंगा नदी बगायो अब के खाने कसरी बच्ने ” तीनवर्ष अघिसम्म चार विगाह जमिनको मालिक रहेकी रैदासको अहिले २ विगाह मात्र बाचेको छ । रैदास परिवारको यतिबेला उनीहरुको जमिनमा बाणगंगा नदी बगेको छ ।

त्यस्तै हरदौनाका राम किसुन रैदासले नदी बगेको ठााउ देखाउदै उनले भने‘अहिले नदी बगेको ठााउ जति मेरो लालपुर्जमा रहेको जमिन हो । पााच जनाको परिवार सम्पत्ति भएर पनि सुकुम्बासी जस्तो भएर उठीबास हुनु पर्यो ।’

महाराजगंज नगरपालिका वडा नं १० हरदौनाका वडा अध्यक्ष समेत रहेका शैलेन्द्र कुमार चौधरीले आफ्नो वडाको करिब १० जग्गामा रोपेको धानको खेतमाथि हेर्दा हेर्दै बाणगंगा बग्न थालेको बताउनु भयो । उहाले भन्नु भयो –‘धान पाक्ले बेलमा नदीले कटान गरी पुरै स्वाहा बनाएको छ । हेर्दाहेर्दै सबै जमिन काट्न थालेपछि किसानको मन कुडीएको वडा अध्यक्ष चौधरीले बताउनु भयो ।

त्यस्तै हरदौनाका राम निवास बरईको धान खेत समेत बगाएको छ । राम निवासले ७ जनाको परिवारको पालन पोषण गर्दै आएको खोती योग्य जमिन आधा नदी बगाएकोले गुजरा कसरी चलाउने भन्ने चिन्ताले सताएको दुखेसो पोखे । करिब २० बर्ष पहिले बाणगंगा नदीमा आएको बाढी हरदौना बगाएको थियो । गााउ बगाउदा दुई सय घर परिवार विस्तापित भएका थिए । सरकारले समयमा केही निकास निकाल्नु पर्ने महाराजगंज नगरपालिका वडा नं ८ का वडा अध्यक्ष योगेन्द्र केसीले बताउनु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट