१ बैशाख २०८१, शनिबार

प्रजनन् स्वास्थ्यबारे एकदिने अन्तरक्रिया

save-d-cldrn दिपक खडका

  कपिलवस्तु ,कार्तिक २९ । जिल्लाको चन्द्रौटामा जिल्ला स्वास्थ्य कार्यालय तथा सेभ द्र चिल्ड्रनको सहकार्यमा किशोर,किशोरि यौन तथा प्रजनन् स्वास्थ्यबारे एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा किशोर,किशोरी मैत्रि सेवालाई प्रभावकारी बनाउने बारे समिक्षा गरिएको थियो । २६ वटा स्वास्थ्य चौकी सुपरभाइजरहरूको उपस्थति रहेको कार्यक्रमलाई जिल्ला स्वास्थ्य कार्यलयका अधिकृत मधुकर घिमीरे ,फोकल अधिकृत कुमार थापा तथा सेभ द्र चिलड्रेनका पौषण अधिकृत परमान्द मण्डलले यौन तथा प्रजनन् स्वास्थ्यबारे किशोर,किशोरिलाई सयुक्तरुपमा सहजिकरण गरेका थिए ।

धेरै कमेन्ट गरिएका