१४ बैशाख २०८१, शुक्रबार

सिमामा सशस्त्रको बाक्लो उपस्थिति हुने: सशस्त्र डिआईजी प्रधान

कपिलवस्तु, भदाैं २९ । सिमा सुरक्षालाई मजबुदत बनाउन कपिलवस्तुमा स्थापना गरिएको सशस्त्र प्रहरीको एकै दिन २ बर्डर आउट पोस्ट भवनको उदघाटन गरिएको छ । सुद्धोदन गाउपालिका– ५ हथिहवा र मायादेबी गाउपालिका– ४ पिपरा स्थित चाकरचौडा बर्डर आउट पोस्टको उदघाटन गरिएको हो । हथिहवाको सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) किशोर प्रधान र गाउपालिका प्रमुख निरास अहमद खाले सयुक्तरुपमा गरेका थिए । यस्तै चाकरचौडा बिओपीको डिआईजी प्रधान र गाउपालिका उप प्रमुख गीता तिवारीले गरेका थिए ।
दुबै कार्यक्रममा सम्बोधन गर्दै डिआईजी प्रधानले सिमा क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति हुने बताए । उनले सिमा निग्रानी, संरक्षण र अपराधिक क्रियाकलाप रोक्न नै बिओपीको संख्या थपिएको बताए । उनले स्थापना भएको बि ओपीले सिमा सुरक्षा र सिमा अपराधन न्युनीकरणमा यसले मद्दत गर्ने बताए ।

‘ अन्तर्राष्ट्रिय सीमा नाकाको सुरक्षा, अबैध निकासी पैठारी, हातहतियार, लागूऔषध, मानव तस्करी नियन्त्रण तथा शान्ति सुरक्षा, अमन चयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन जिल्लामा बि.ओ.पी.को स्थापना गरिएको हो ’ उनले भने । जिल्लामा ७ बिओपी रहेकोमा ५ वटा थप भर्इृ हाल १२ वटा स्थापना भएका छन ।

आगामी ३ बर्ष भित्र बिओपीको संख्या ३५बनाउने योजा रहेको प्रधानले बताए । कार्यक्रममा सुद्धोदन गाउपालिकाका प्रमुख निशार अहमद खाले सुरक्षाकर्मी र जनताको सम्बन्ध नङ र मासु जस्तै हुनु पर्ने बताए । उनले सुरक्षाकर्मीले पनि जनतको सेवा सुरक्षालाई नै प्रमुख आधार बनाएर अघि बढनु पर्ने बताए । उता चाकरचौडामा भएको कार्यक्रममा मायादेबी गाउपालिका उप प्रमुख गीता तिवारीले सशस्त्र प्रहरीले कोरोना भाईरस नियन्त्रण र सिमा सुरक्षामा राम्रो काम गरेको भन्दै प्रशंसा गरिन ।

उनले सिमामा सशस्त्र प्रहरीले अझै राम्रो काम गर्नु पर्ने तर सुरक्षाको नाममा जनतालाईै अनावश्यक दुःख भने दिन नहुने उनले बताईन । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक बहादुर कार्कीले कार्यपत्र प्रस्तुत गर्दै समग्र जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न र अबैध कार्य रोक्नका साथै सीमा सुरक्षामा सशस्त्रले अहम भूमिका खेल्दै आएको बताए ।

सो अवसरमा हथिहवाको बिओपी भवन निर्माणकालासग जग्गा उपलब्ध गराएका तत्कालीन हथिहवा गाउपालिका अध्यक्ष राजेन्द्र सिंहलाई खादा लगाएर सम्मानित गरिएको थियो । हथिहवाको १ करोड ४ लाख तथा चाकरचौडाको ८० लाखमा भवन निर्माण गरिएको हो । यस अघि गत शुक्रवार कृष्णगनर नगरपालिका– ६ भिल्मी र बिजयनगर गाउपालिका मा समेत ५ डालपुरमा समेत सशस्त्र प्रहरीको बिओपीको भवन उदघाटन गरिएको थियो । कपिलस्तुको भारतसंग ९३ किलोमिटर सिमा जोडिएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट