विद्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्री आज सर्लाही जाने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार सर्लाही जाने भएका छन्।
बलरा नगरपालिका–८, गडहिया डुमरियामा रहेको जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री हेलिकप्टरमार्फत मध्याह्न गडहिया पुग्ने कार्यक्रम छ।
बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा सरिक भएर प्रधानमन्त्री त्यहाँ पुग्ने कार्यक्रम तय भएको छ। गहहीया माविको भवन उद्घाटनपछि प्रधानमन्त्रीले त्यहीँ माओवादी केन्द्रले आयोजना गर्ने बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीको आगमनलाई लक्ष्य गरी बलरामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।v
Facebook Comments Box