२५ मंसिर २०८१, मंगलवार

जिल्लाको चन्द्रौटामा हुनुपर्ने विकास भएन ।।

अशोक पोख्रेल
कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको मुख्य व्यापारी नगरी चन्द्रौटा बजार व्यापार र जनसंख्याको दृष्टिले निकै अगाडि रहेको छ । तर त्यसको आधारमा यस क्षेत्रको विकास जति हुनु पर्ने थियो त्यति हुन सकेको छैन । यहा राजनिति दल र विभिन्न समाज सुधारमा लागेका संघ संस्थाको कमि छैन । तर ति संस्था र राजनिति दल ले चुस्त दुस्त काम गर्न नसक्दा जिल्लाको चन्द्रौटा बिकासको हिसाबले पछाडिनै देखिन्छ ।

चन्ऽौटा चोकमा अहिले सम्म पिउने पानिको सार्वजनिक धारा हुन नसक्दा सर्वसाधारण लगायत यात्रुहरु मर्कामा परेका छन । विभिन्न खानेपानि का संघ संस्थाले यस क्षेत्रमा बर्षौ देखि शुद्ध पिउने पानि सम्वन्धि काम गरे पनि चन्ऽौटा चोकमा यात्रुहरु र सर्वसाधारण लाई लक्षित गरेर एउटा पिउने पानिको धारा बनाएका छैनन् । बजार गर्न आउदा वा यात्रुहरु आउदा पानि किनेर खानु परेको स्थानियको गुनासो रहेको छ ।

कपिलवस्तु जिल्लाको व्यापारी नगरी चन्द्रौटा पुर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने हुादा र यो क्षेत्रमा अत्यधिक जनसङख्या रहेको हुादा यहाा दैनिक हजारौाको संख्यामा बजार गर्न र यात्राको लागि मानिस आउने गर्दछन । भारत संगको खुल्ला नाका नजिकै रहेको हुादा भारत जाने आउने मानिस को संखयामा पनि कमि हुादैन । व्यापारीक दृष्टिले चन्द्रौटा धेरै अगाडि रहेको पाईन्छ । छिमेकि जिल्ला अर्घाखााचि , प्यूठान , दाङ , रोल्पा लागायतका जिल्ला बाट यहाा बजार गर्न आउने मान्छेको कमि हुदैन । चन्द्रौटा क्षेत्रमा जति विकासका कार्यहरु हुनु पर्नेहो त्यति नभएको पाईन्छ ।

त्यस्तै चन्द्रौटामा अहिले सम्म एउटा व्यवस्थित अस्पताल हुन नसक्दा यहााका सर्वसाधारण मर्कामा परेका छन् । करिब २० वटा गा.वि.स. लाइ केद्रित गरेको चन्द्रौटा बजारमा व्यवस्थित अस्पताल अहिले स्थानिय सबैको मुख्य आवस्यक्ताको विषय बनेको छ । स्थानिय क्लिनिकहरुले सामान्य विरामिको उपचार गर्दै आएता पनि अलि जटिल विरामिहरु भने बुटवल , भैरहवा लगायत अन्य ठाउाका अस्पतालमा रिर्फर हुनुपर्ने समस्या यहााका स्थानियले खेप्नु परेको छ । “विभिन्न राजनिति दल , संघ सस्था र सम्वन्धित निकायले अस्पतालको विकासमा लागि परेको र चन्द्रौटाको मुहार बदल्न सर्वप्रथम अस्पताल निर्माणमा जोड दिनु पर्ने ” समाजसेवि अर्जुन सापकोटाले बताउनु भयो । यस नगरी चन्द्रौटामा एउटा व्यवस्थित अस्पताल को विकास गरिय यहााका सर्वसाधारणले सास्ति खेपनु पर्ने थिएन । त्यस्तै स्थानिय देवि घिमिरे ले पनि आफुलाई सामान्य विरामि हुादा पनि बुटवल नै धाउनु पर्ने गुनासो गर्नुभएको छ ।

अर्को तर्फ चन्द्रौटा बजारमा अहिले सम्म सार्वजनिक सौचालय नहुदा टाढा टाढा बाट आउने यात्रु , वजार गर्न आउनेहरु र स्थानियलाई समस्या परेको छ । जिल्लाका सवै गा.वि.स. खुल्ला दिशा मुक्त क्षेत्र घोषणा हुनै लाग्दा सम्म पनि यस चन्दौटा बजारमा सौचालय बन्न सकेको छैन । राजनिति दलहरुले बजारमा जग्गा उपलव्ध गराइदिए नगरपालिकाले सोैचालय निर्माण गर्ने नगरपालिका का प्रमुख कृष्ण प्रसाद ढकाल ले बताउनुभएको छ । चन्द्रौटा वजार सहित विभिन्न तीन ठाउामा सार्वजनिक सौचालय बनाउने भनिएता पनि जग्गा उपलव्ध नहुादा बजेट फ्रिज भएको ढकाल ले बताउनु भयो । पैसा तिरेर पनि सौचालय गर्न नपाईनु यहााका राजनितिक दल लगायत प्रसासनको लाहप्रवाहि रहेको स्थानिय व्यापारी शिसिर पोख्रेल को भनाई रहेको छ । खुल्ला दिशा मुक्त क्षेत्र भन्दै हिड्ने हरु ले नै अहिले सम्म जिल्लाको मुख्य नगरि चन्द्रौटामा एउटा सार्वजनिक सौचालय बनाउन नसक्नु त्यति औचित्य देखिदैन ।

त्यस्तै बस पार्कको कुरा गर्दा जिल्लाकै अवस्था नाजुक रहेको छ । अन्य ठाउामा बनेर पनि व्यवस्थित तवरले प्रयोग भएको छैन भने चन्द्रौटामा अहिले सम्म एउटा बसपार्क बन्न सकेको छैन । व्यवस्थित वस पार्क नहुादा यात्रु र चालकलाई समेत समस्या पर्ने गरेको छ । गाडिहरु यत्रतत्र राखिदिदा वजार समेत अस्तव्यस्त देखिएको छ । व्यवस्थित वसपार्कको अभावले व्यपारी एवं पसलेहरुलाई समेत समस्या हुने गरेको छ । शिवराज नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद ढकालले वस पार्क बनाउन जग्गा उपलब्ध नभएको जनाउनु भयो । चन्द्रौटा बजार लाई वास्तवमै सुन्दर , विकसित बजार बनाउने हो भने यहााका स्थानिय संघ संस्था र राजनितिक दल नै सक्रिय हुनु पर्ने देखिन्छ ।

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट