१९ बैशाख २०८१, बुधबार

बाटो हिंड्दै गरेका भिक्षुमाथि भद्रकालीमा प्रहरीको लात्ती !

काठमाडौं । बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि प्रहरीले भद्रकालीमा लात्ती प्रहार गरेको छ। शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

सो क्रममा बाटो हिंड्दै गरेका दुई बौद्ध भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको हो । प्रहरीले बौद्ध भिक्षुमाथि लात्ती र लाठ्ठी प्रहार भएको भिडिओ सार्वजनिक भएको छ । भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रहरीको आलोचना भइरहेको छ ।

बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि दुर्व्यवहार भएको विषय सार्वजनिक भएपछि दुर्व्यवहार गर्नेमाथि कारबाही गर्ने तयारी प्रहरीले गरेको छ । प्रदर्शनमा संलग्न नै नभएको भनिएका भिक्षुमाथि आक्रमण भएको विषय सार्वजनिक भएपछि प्रहरीले छानबिन अघि बढाएको छ । अनलाइनखबर

धेरै कमेन्ट गरिएका