एउटा सर्वेअनुसार ८० प्रतिशत भारतीयले मोदीलाई सकारात्मक रुपमा हेरेकाे दाबी

सेयर गर्नुहोस

नयाँदिल्ली । अनेकौं एजेन्सीहरुकाे जनमत सर्वेक्षणले आमनिर्वाचनमा मोदी र उनको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)ले सजिलै जित हासिल गर्ने संकेत गरेका छन्। गत वर्ष एक प्यु सर्वेक्षणमा करिब ८० प्रतिशत भारतीयले मोदीलाई सकारात्मक रूपमा हेरेको पाइएको थियो।

युगभले फेब्रुअरीमा सहरी मतदाताहरूमा गरेको सर्वेक्षणमा भाजपाले हरेक उमेर र लिंग जनसांख्यिकीमा धेरै विपक्षी पार्टीमाथि सजिलै अगाडि बढिरहेको देखाएको थियो।

निर्वाचन अधिकारीकाे राजिनामा व्यक्तिगत
आमनिर्वाचनको अपेक्षित घोषणा हुनुभन्दा केही दिनअघि भारतको निर्वाचन आयोगका दोस्रो उच्च श्रेणीका अधिकारीले राजीनामा दिएको न्याय मन्त्रालयले जनाएको छ। निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको खोजी गर्नेछन्।

मानव इतिहासमा लोकतान्त्रिक मताधिकारको सबैभन्दा ठूलो अभ्यास गर्नका लागि भारतको निर्वाचन आयोगलाई आफ्ना तीन शीर्ष अधिकारीमध्ये एकजनालाई मात्र छाडेर अरुण गोयलले शनिबार राजीनामा दिएका छन्। अप्रिल–मेमा हुने निर्वाचनमा करिब एक अर्ब मानिस मतदान गर्न योग्य छन् ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले गोयलको राजीनामा स्वीकृत गरेकी कानुन तथा न्याय मन्त्रालयले जनाएको छ। यद्यपि, मन्त्रालयले उनले राजीनामा गरेको कारण भने बताएको छैन। एनडिटिभी समाचार नेटवर्कले स्रोतलाई उद्धृत गर्दै गोयलले ‘व्यक्तिगत कारण’ देखाई राजीनामा दिएका उल्लेख गरेको छ।

निर्वाचन आयोगमा अर्का अधिकारी गत वर्ष सेवानिवृत्त भए पनि उक्त पदमा हालसम्म कसैलाई नियुक्त गरिएको छैन। स्थानीय सञ्चारमाध्यमले धेरै चरणमा हुने निर्वाचनको मितिको घोषणा आगामी साता गरिने सम्भावना रहेको बताएका छन्।

प्रमुख विपक्षी दल कांग्रेसका महासचिव केसी वेणुगोपालले गोयलको राजीनामा चिन्ताको विषय भएको बताए। ‘निर्वाचन आयुक्त श्री अरुण गोयलले लोकसभा (संसदीय) निर्वाचनको ठीकअघि राजीनामा दिनु विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको स्वास्थ्यका लागि अत्यन्त चिन्ताजनक हो,’ उनले भने, ‘निर्वाचन आयोगजस्तो संवैधानिक संस्थाले कसरी काम गरिरहेको छ र सरकारले कसरी उक्त संस्थामाथि दबाब दिएको छ भन्नेबारेमा कुनै पनि पारदर्शिता छैन।’

Facebook Comments Box