१५ बैशाख २०८१, शनिबार

शिवराज नगर शिक्षा समितिको बोल्ड निर्णय विद्यालयमा राजनिती गर्न नपाइने

चन्द्रौटा,कपिलवस्तु । शिवराज नगरपालिकाले सूचना जारी गर्दे विद्यालयमा राजनिति गतिविधि गर्न नपाइने निर्देशन जारी गरेको छ ।
नगरपालिकाले आफ्नो नगर भित्र संचालनमा रहेका विद्यालय तथा बालबिकास केन्द्रमा राजनितीक सम्बद्ध संघ,संगठन तथा राजनितीक दललाई कुने पनि क्रियाकलाप नगर्न सचेत गराएको छ ।

 

नगर प्रमुख अजय थापा द्वारा हस्ताक्षर गरि जारी गरिएको सूचनामा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय टाँचा कार्यान्वयन निदेशिका २०६८ को परिच्छेद ४ को ६.२ (च) र ६.२.१ (क) मा भएको व्यवस्था अनुसार सूचना जारी गरिएको छ । नगर प्रमुख थापाले बिद्यालय तहमा कुनैपनि राजनिती गतिविधि गर्न नहुने बताउनु भयो ।

 

मानवअधिकार कर्मि विष्णु प्रसाद खतिवडाले विद्यालय शान्ति क्षेत्र भएकोले विद्यार्थी र विद्यालय राजनीति वाट टाडा हुने पर्ने बताउनु भयो । नगरले जारी गरेको सूचना सकारात्मक भएको सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीका अभिभावक लाल बहादुर बुढामगरले बताउनु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट