१५ बैशाख २०८१, शनिबार

विजयनगरमा १३ कराेड बढीकाे याेजना सम्झाैता, सामाजिक विकासमा आमूल परिवर्तन हुने अध्यक्ष थापाकाे भनाई

कपिलवस्तु,

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे समग्र विकासका लागि एक गैरसरकारी संस्था र गाउँपालिकाकाे साझेदारीमा १३ कराेड रुपैयाँ बढीकाे याेजनाकाे सम्झाैता गरिएको छ । विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले सेचेन करुणा गैरसरकारी संस्थासँग १० करोड ३४ लाख ७६ हजार ५ सय ५१ रुपैयाँकाे याेजना सम्झाैता गरिएको जानकारी दिए । त्यस याेेजनामा गाउँपालिकाकाे २० प्रतिशत रुपैयाँ हुने गरि १३ कराेड बढीकाे पालिकाकाे साझेदारीमा सेचेन करुणासँग याेजना सम्झौता भएको अध्यक्ष थापाले बताए ।

उनले शुक्रबार काठमाडौँमा रहेकाे सेचेन करुणाकाे मुुख्य कार्यालयमा याेेजना सम्झाैता गरिएको उनले बताए । कार्यक्रम निर्देशक सुनिता शर्मासँग याेजना सञ्चालन गरि कार्यक्रमलाई प्रभावकारी बनाउनुकाे साथै सामाजिक परिवर्तनका निम्ति आवश्यक रणनीति बारे छलफल समेत गरिएको बताए । अध्यक्ष थापाले शिक्षा, स्वास्थ्य, खानेपानी, आर्थिक, सरसफाई, समाजिक सुधार, खाद्य सुरक्षा सम्बन्धी कार्यक्रम याेेजना सम्झाैता गरिएको जनाए । उनले यस परियनेजनाले सामाजिक विकासकाे क्षेत्रमा आमूल परिवर्तन गर्ने बताउँदै समृद्धि विजयनगर गाउँपालिका निर्माणकाे लागि टेवा पुग्ने बताए ।

परियाेजना सम्झौतामा प्रारम्भिक बाल शिक्षा र आधारभूत प्रारम्भिक कक्षाको गुणस्तर सुधार गर्ने, लक्षित जनसंख्याहरुको स्वास्थ्य अवस्थामा सुधार गर्न, लक्षित जनसंख्यामा सुरक्षित खाने पानीको आपूर्ति गरेर स्वास्थ्य र जीवन स्तरमा सुधार गर्न, समुदायको समाजिक र आर्थिक स्थितिमा सुधार गर्ने, लक्षित समुदायहरुमा खाद्य सुरक्षाको अवस्थामा स्थितिमा सुधार गर्ने, जैविक खेती तर्फ आकर्षण बढाउने उद्देश्यले नेपाल एकीकृत विकास परियाेजना-२ सम्झाैता गरिएको अध्यक्ष थापाले बताए ।

याे परियोजनाले २ वर्ष ९ महिना विजयनगर गाउँपालिकाकाे समग्र विकासमा काम गर्ने जनाइएकाे छ । याे परियाेजना कार्यक्रम २०२४ अप्रिल १ तारिखबाट सञ्चालन हुनेछ भने २०२६ डिसेम्बर ३१ मा सम्पन्न हुने सम्झाैतमा उल्लेख गरिएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट