१५ बैशाख २०८१, शनिबार

कपिलवस्तुमा २ लाख बढीकाे अवैध कपडा बरामद

कृष्णनगर, कपिलवस्तुमा भन्सार छली ल्याइएको १ लाख ३० हजार २ सय रुपैयाँकाे कपडा प्रहरीले बरामद गरेकाे छ । जिल्लाकाे इलाका प्रहरी कार्यालय बहादुरगञ्जले अवैध रुपमा ल्याइएको उक्त कपडा कृष्णनगर नगरपालिका-८ बाट बरामद गरेकाे जनाएको छ ।

प्र.ब.ना.नि.शिब कुमार वलीको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध कपडा नियन्त्रणमा लिएकाे हुन् । प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा पिकअप जीपमा लुकाईछिपाई राखेकाे अवस्थामा उक्त कपडा बरामद गरेकाे हाे । प्रहरीले सुट, टिसर्ट, सुरुवाल, कुर्ता लगायतकाे कपडा पिकअप जीपबाट बरामद गरेकाे हाे ।

यस्तै जिल्ला कपिलवस्तु यशोधरा गाउँपालिका- ७ मार्यादपुरबाट ७० हजारकाे कपडा प्रहरीले बरामद गरेकाे जनाइएको छ । प्रहरीका अनुसार प्रहरी टोलीले गस्ती गर्ने क्रममा नेपाल-भारत सिमाना नजिकै बेवारिसे अवस्थामा रहेको ५० पिस सारी बरामद हाे । बरामद गरिएकाे भन्सार कार्यालय पठाउने प्रहरीले जनाएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट