१५ बैशाख २०८१, शनिबार

मर्यादा पुरुषाेतम “राम सबके हैं” : पाटन पीठाधीश महन्त मिथलेशनाथ

अंकुश श्री /कपिलवस्तु, फल्गुन १९ । नेपाल-भारतमात्र नभई विश्वका सम्पुर्ण सनातनीका अराध्यदेव मर्यादा पुरुषाेत्तम भगवान राम नै रहनुभएकाे महन्त मिथिलेशनाथ महाराजकाे भनाई छ ।

एक सप्ताहदेखि भईरहेकाे राम कथाकाे समापनकाे अवसरमा आज लक्ष्मणघाटधाममा पुग्नुभएका छिमेकी राष्ट्र भारतकाे पाटनदेवि शक्तिपीठ तुल्सीपुरका महन्त मिथिलेशनाथले नेपाल-भारतकाे सम्बन्ध भगवान राम र माता सिताकाे मात्र नभई राेटी-बेटीका साथै धार्मिक , सांस्कृतिक सम्बन्ध पनि रहेकाे बताउनुभयाे ।

“हिन्दु धर्ममा जातिय वर्गीकरणले सनातन धर्म कमजाेर हुँदै जांदा धर्म परिवर्तन बढेकाे बताउनुभयो । सम्पूर्ण सनातन धर्मावलम्बीले बच्चाहरुलाई धर्म संस्कृतिबारे ज्ञान दिनु अत्यन्त जरुरी छ ।”

पुर्व सांसद अभिषेक प्रताप शाह

राम कथामा प्रतिदिन हजारौंकाे संख्यामा उपस्थितले जनमानसमा सनातन धर्मप्रति जागरुकता बढेकाे प्रस्ट पारेकाे कपिलवस्तुका पुर्व सांसद अभिषेक प्रताप शाहकाे भनाई थियाे । पुर्वसांसद शाहले हिन्दु धर्ममा जातिय वर्गीकरणले सनातन धर्म कमजाेर हुँदै जांदा धर्म परिवर्तन बढेकाे बताउनुभयो । सम्पूर्ण सनातन धर्मावलम्बीले बच्चाहरुलाई धर्म संस्कृतिबारे ज्ञान दिनु अत्यन्त जरुरी रहेकाे शाहकाे भनाई थियाे ।

त्यस्तै शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले धर्मपरिवर्तनले सनातन धर्मलाई खाेक्लाे बनाएकाे भन्दै यसकाे संरक्षण गर्न हामी सबै जनस्तरबाटै लाग्नुपर्ने अनुराेध गर्नुभयाे ।
समापन कार्यक्रममा कृष्णनगर नगरपालिकामा नगरप्रमुख रजत प्रताप शाह लगायत हजारौं हिन्दु श्रद्धालुकाे सहभागितामा समापन भएकाे संयाेजक बासुदेव जमरकट्टेलले बताउनुभयाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट