कपिलवस्तुको लक्ष्मणघाटमा राम कथा शुरु

सेयर गर्नुहोस

कपिलबस्तु , फल्गुण ११ । बर्षाैदेखि मकरसंक्रांतिका दिन मेला लाग्दै आएकाे कपिलवस्तुको शिवराज नगरपालिका ८ लक्ष्मण घाटमा भाेलिदेखि भव्य राम कथा हुने भएको छ ।
आज कलश यात्रापछि पत्रकार सम्मेलनमा राम कथाको सम्पुर्ण तयारी पुरा भएको आयोजक एवं समाजसेवी बासुदेव जम्मरकट्टेलले जानकारी दिनुभएकाे छ ।
सांस्कृतिक पर्यटनलाई बढावा दिंदै अवध क्लचरकाे सम्मान एवं संरक्षण गर्ने उद्देश्यले एक सप्ताहसम्म चल्ने साे रामकथाको उदघाटन भोली (शनिबार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्नुहुने आयाेजकले जनाएको छ ।

रामकथामा संकलन हुने दानबाट लक्ष्मण घाटमा अवधी कला संस्कृती संरक्षणका लागि धर्मशाला र अवधी संग्राहलय निर्माण गर्नुका साथै लक्ष्मणघाटलाई पश्चिम कपिलवस्तु मात्र नभई छिमेकी देश भारतका सांस्कृतिक पर्यटककाे आकर्षक केन्द्र बनाउने उद्देश्य समेत रहेकाे राम कथा कार्यक्रममा मिडिया समन्वयकर्ता एवं कपिलवस्तु टाइम्स पत्रिकाका उपसम्पादक पत्रकार देवानन्द ठाकुरले जानकारी दिनुभएकाे छ ।

 

Facebook Comments Box