संघीय मदरसा बोर्ड गठन गर्न शिक्षामन्त्रीलाई आग्रह
कपिलवस्तु । राज्य धर्म निरपेक्ष भई संघीयताकाे अभ्यासमा रहेकाेले मुस्लिम समुदायका हकहितप्रति कार्य गर्ने विभिन्न संघसंस्थालेसमेत संघीय मदरसा बाेर्ड गठन गर्ने आवाज उठाउन थालेकाे छन ।
जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रवक्ता अकरम पठानले कुल जनसंख्याकाे ५% (पांच प्रतिशत) मुस्लिम समुदाय रहेका कारण धार्मिक एवं सामाजिक दृष्टिकोणले मदरसा शिक्षालाई पनि मूलधारमा ल्याउन अतिअावश्यक रहेकाे साथै लुम्बिनी प्रदेश सरकारले गठन गरेकाे प्रदेश स्तरीय मदरसा बोर्ड गठन जस्तै संघीय सरकारले पनि संघीय मदरसा बोर्ड स्थापना गर्नुपर्ने जाेड दिएका छन ।
राष्ट्रिय मुस्लिम मदरसा संगठनका संरक्षक रहेका नेता पठानले शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री अशाेक राइसंग भेटेर संघीय मदरसा बाेर्ड स्थापनाका लागि मन्त्री स्तरबाटै पहल गरिदिनु हुन आग्रह गरेका हुन ।
Facebook Comments Box
