माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पुन पक्राउ
काठमाडौं : माओवादीका पूर्वब्रिगेड कमान्डर एवं नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) पक्राउ परेका छन्।
उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि हालैमात्र सार्वजनिक भएको हो।
रुकुम पूर्वको भुमे गाउँपालिका–१ घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो। सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो।
तर पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ‘जनयुद्धकालीन मुद्दा’मा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ती जनाएका छन्।
पुन ०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिको उम्मेदवारसमेत थिए।
Facebook Comments Box
