नोटबाट सर्छ सङ्क्रामक रोग, ९८ प्रतिशत नमुनामा कीटाणु

सेयर गर्नुहोस

काठमाडौँ । हामीले दैनिक प्रयोग गर्ने नोटबाट सङ्क्रामक रोग फैलिने भएकाले नागरिकको स्वास्थ्य अधिकार संरक्षणमा राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता देखिए पनि त्यस्तो भएको पाइएको छैन। नोट वा सिक्का प्रयोग गर्दा व्यक्तिले पनि सावधानीसँगै विकल्प खोज्नुपर्ने देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार स्वदेश र विदेशमा गरिएका अनुसन्धानका आधारमा मुद्रा (नोट र सिक्का) मा विभिन्न कीटाणु तथा परजीवी हुने पुष्टि भएको हो ।

नोटमा हुने कीटाणु र परजीवीले छालामा हुने सालमोनेला (टाइफाइड), झाडा-पखाला, मूत्रनलीको सङ्क्रमण, फ्लु भाइरस ( रुघाखोकी) सार्ने गरेको पाइएको परिषद्ले जनाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा गरिएको एक अनुसन्धानले मुद्राका ९८ प्रतिशत नमुनामा कीटाणु भएको देखाएको थियो । अस्पताल तथा मासु पसलमा प्रयोग गरिएका मुद्रामा अझ धेरै प्रकारका कीटाणुका र औषधि प्रतिरोधी जीवाणु फेला परेको परिषद्को अध्ययनले देखाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

Facebook Comments Box