२२ बैशाख २०८१, शनिबार

अयोध्यामा प्राणप्रतिष्ठा, नेपालमा उत्सव !

विराटनगर । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरमा प्राणप्रतिष्ठा हुन लाग्दा विराटनगर झकिझकाउ पारिएको छ । अयोध्यामा राम मूर्तिको प्राणप्रतिष्ठाको खुसियालाीमा विराटनगरको मेनरोड तुल र तोरणले सजाइएको छ ।

यही माघ ८ गते सोमबार अयोध्यामा भगवान् रामको बालस्वरूप मूर्ति प्राणप्रतिष्ठा गरिँदै छ । सोही सन्दर्भमा हिन्दुवादीले विराटनगरमा आफ्ना गतिविधि तीव्र बनाएका छन् ।
विराटनगर बजार क्षेत्र पहेँलो रङको तोरणले सजाइएको छ । टाँगिएका तुल र झन्डाले यो क्षेत्र पहेँलै भएको छ । शनिबार युवासहितको एक टोलीले रामगान गाउँदै रोडेशषचोकबाट धार्मिक मोटरसाइकल र्‍याली समेत निकाल्यो ।
हिन्दु स्वयंसेवक संघ नेपाल, न्युरो बंगलामुखी सोसाइटी, ब्रह्मकुमारी राजयोग केन्द्रलगायत संघसंस्थाले स्थानीयलाई समेत सहभागी गराई सोमबार साँझ दीप प्रज्वलन गर्ने तयारी गरिएको छ । यसको समन्वय विराटनगरस्थित न्युरो कार्डियो मल्टिस्पेसियालिटी अस्पतालले गरेको छ ।

अयोध्यास्थित राम मन्दिरको प्राण–प्रतिष्ठाले भारतमा हिन्दूबीच विभाजन ल्याउँदैछ ?
सो अस्पतालका सञ्चालक डा. वीरेन्द्र विष्टले विभिन्न संघसंस्थाबीचको समन्वयमा दीप प्रज्वलन गरिने बताए । उनले भने, “लक्ष्मीनारायण मन्दिरका बटुकाको स्वस्तीवाचन गर्ने र सांस्कृतिक आयोजनाहरू समेत गर्दै छौँ ।”

भगवान् रामको नयाँ स्वरूपको प्राणप्रतिष्ठाप्रति ऐक्यबद्धता जनाउन स्थानीय बंगलामुखी मन्दिर परिसरमा सामूहिक भजनकीर्तन तथा दीप प्रज्वलन गरिने विष्टले बताए ।

कोसीका चार सन्तलाई निमन्त्रणा
भारतको अयोध्यास्थित राम मन्दिरको प्राणप्रतिष्ठामा सहभागी हुन कोसी प्रदेशका चार सन्तले निम्तो पाएका छन् । अयोध्यास्थित राम मन्दिर ट्रस्टले उनीहरूलाई प्राणप्रतिष्ठा समारोहमा सहभागिताका निम्ति निमन्त्रणा पठाएको हो ।

विराटनगरस्थित श्रीलक्ष्मीनारायण मन्दिरका पीठाध्यक्ष स्वामी अच्युत प्रपन्नाचार्य, सुनसरीको चतराधामका जगद्गुरु स्वामी बालसन्त मोहनशरण देवाचार्य, चतराकै जगद्गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा र झापाको शिवसताक्षी धामका पिठाध्यक्ष स्वामी नन्दकिशोर भारद्वाजले निमन्त्रणा पाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको प्राणप्रतिष्ठा गर्दै छन् ।

प्राणप्रतिष्ठामा राम मन्दिर ट्रस्ट अयोध्याले नेपालका १४ सन्तलाई निमन्त्रणा गरेको हिन्दु स्वयंसवेक संघ नेपालका सहसचिव महेन्द्रप्रसाद साहले जानकारी दिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट