मुस्लिम इत्तेहादकाे जिल्ला शाखा सर्वसम्मतले गठन

सेयर गर्नुहोस

तौलिहवा , माघ ६ । नेपाल मुस्लिम इत्तेहाद संगठनको कपिलवस्तु जिल्ला अध्यक्षमा औवुदुर्रहमान खाँ निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल मुस्लिम ईत्तेहाद संगठन का केन्द्रिय अध्यक्ष तथा कपिलवस्तु जिल्लाका प्रतिनिधिसभा सदस्य मननिय संसद सेराज अहमद फरूकी ज्यु को प्रमुख आतिथ्यमा तौलिहवा सम्पन्न सातौं (७) जिल्ला अधिवेशनबाट औवुदुर्रहमानको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।
संगठनको उपाध्यक्षमा अब्दुल अजिज , सचिवमा नुरमोहम्मद तथा सह-सचिवमा अहमद हुसेन चयन भएको प्रचार प्रसार समितिका संयोजक क्यामुद्दिन पठान जानकारी दिए ।
। कार्यक्रममा बिशिष्ट अतिथि नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय उपमहासचिव तथा जनसंगठन बिभाग प्रमुख जबुल मिया थिए ।

Facebook Comments Box