कपिलवस्तु समाजकाे बनभाेज एवं सम्मान कार्यक्रम

सेयर गर्नुहोस

काठमाडौं । कपिलवस्तु समाजले कपिलवस्तु स्थायी निवास भइ राष्ट्रको उच्च ओहदा मा रही योगदान पुर्याउनु भएका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ।
वनभोज तथा मित्र मिलन कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मंत्री सुरेन्द्रराज आचार्य , सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान , लोकसेवा आयोगका सदस्य माधव बेलबासे, नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा विश्वराज दवाडी, राष्ट्रिय खेलाडी जीवन गिरी, राजीव शाह , डा. संजीव शाह , डा. संदीप शाह, वरिष्ठ अधिवक्ता प्रकाश मणि शर्मा भुसाल लगायत, प्रा. डा. अरुण गुप्तो, रामकुमार यादव लगायत महानुभावहरुलाई सम्मानीत गरेको छ।

समाजका अध्यक्ष दिपककुमार राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजका संरक्षक,सल्लाहकार लगायत को उपस्थिति रहेको थियो।वि.स. २०४६ सालमा स्थापित समाजले कपिलवस्तुवासीहरुमा समाजिक सदभाव वृद्धि , भेटघाट , सम्मान कार्यक्रम तथा जिल्लाको सर्वांगिण बिकासको लागि राज्यका निकायहरुलाई सल्लाह तथा दवावमूलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ।सो कार्यक्रममा समाजका संरक्षकहरु पूर्व मंत्री इकवाल अहमद शाह,पूर्व मंत्री विरेन्द्रकुमार कानोडिया , मुस्लिम आयोगका सदस्य मिर्जा अरसद बेग पूर्व अध्यक्षहरु दिग्बिजय मिश्र, केदार बासकोटा लगायत कपिलवस्तु समाजका १५० सदस्यहरुको उपस्थिति रहेको समाजका महासचिव अलनेक तिवारीले जानकारी दिनुभएकाे थियाे।

Facebook Comments Box