१५ बैशाख २०८१, शनिबार

नेपाल र भारतमा सकियो यो मन त मेरो नेपाली हो

काठमाडौँ । चलचित्र यो मन त मेरो नेपाली होको नेपालमा भएको पहिलो चरणको छायांकन सम्पन्न भएको छ । अमेरीकामा रहेका नेपाली मुलुका भुटानी साहित्यकार मित्र प्रधान (नर) को यो चलचित्रलाई निर्देशन गरेका हुन् ।

नेपालीहरु जहाँ पुगेपनि उनीहरुको मन नेपाली नै हुने कथामा यो चलचित्र आफुले तयार गरिरहेको निर्देशक प्रधानले बताएका छन् । यो चलचित्रको छायाँकन नेपालको झापा, इलामसँगै भारतको सिकिम, दार्जीलिङ,जयगाउँ, पश्चिम् बङ्गाललगायतको ठाउँमा छायांकन गरिएको उनले बताए,‘नेपाली तथा नेपाली भाषीहरुको बसोबास भएको ठाउँमा यो चलचित्रको छायाँकन गरिएको छ ।’ निर्देशक प्रधानले भने,‘यो मन त मेरो नेपाली हो ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्ने छ । नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने ’bout बुझाउने छ ।’

नेपाल र भारतमा ३० दिनको छायाँकन सकेर अब बाँकी केही छायाँकन सम्पन्न गर्न युनिट सहित आफु अमेरिका फर्कने उनले बताएका छन् । उनी लामोसमयदेखि अमेरिकामा बस्दै आएका छन् ।

चलचित्रकी नायिका मेरो डान्स कप युएसए को फस्ट रनर अफ आयुषा समाल नेपालको छायांकन सकिए लगतै अमेरिका उडेकी छिन् । यो चलचित्रका बाँकी कलाकारमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, मेग सुवेदी ,नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री“,सुबास भन्डारी,बिजय सुब्बालगायत छन् ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण भईरहेको यो चलचित्रमा शिवम् अधिकारीको लेखन, दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट