एमालेको मध्यपहाडी यात्रा आज दिक्तेल पुग्दै

सेयर गर्नुहोस

काठमाडौं : नेकपा एमालेले दुईहप्तादेखि जारी समृद्धि संकल्प यात्रा आजबाट कोशी प्रदेश प्रवेश गर्दैछ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार गएराति रामेछापको मन्थली पुगेको यात्रा टोलीले आज बागमती प्रदेशका रामेछाप र सिन्धुली जिल्ला पार गर्दै कोशी प्रदेशको उदयपुर स्थित घुर्मीमा आमसभा गर्नेछ।

आज सिन्धुलीको खुर्कोट, ओखलढुंगाको हर्कपुर र खोटाङको हलेसीमा स्थानीय बासिन्दा, कार्यकर्ता र नेताहरुसँग अन्तरक्रिया गर्दैछ।

आजको बास खोटाङको दिक्तेलमा हुनेछ। १९ दिने यात्राको सबै भन्दा छोटो दुरी आजको यात्रामा पार गर्नुपर्ने छ। नेताहरुका अनुसार आज ६६ किलोमिटरको दुरी पार गर्दा गन्तव्यमा पुगिनेछ।

यात्राको छैटौं दिन अर्थात् मंसिर १९ गते टोलीले सबैभन्दा लामो दुरी १९२ किलोमिटरको यात्रा पार गरेको थियो। त्यस दिन सुर्खेतबाट रुकुमकोट आएर टोली बास बसेको थियो

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडका समस्या पहिचान र समाधानका उपायका विषयमा स्थानीयबासिन्दाहरुसँग प्रत्यक्ष संवाद गर्न एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी यात्रा सुरु गरेको हो।

बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर पुस १ गते समापन हुदैछ।

Facebook Comments Box