काठमाडौं रेजर्सद्वारा पोखरा थण्डर्स पराजित
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सद्वारा पोखरा थण्डर्स पराजित भएको छ। खेलको अन्तिम ८ मिनेटमा उत्कृष्ट पुनरामगन गर्दै काठमाडौंले पोखरालाई हराएको हो।
खेलको ५७ औँ मिनेटमा आयुश घलानले गोल गर्दै पोखरालाई अघि बढाएका थिए। खेल सकिन ८ मिनेट अघि जुनियर एनकेनगुईले खेल बराबरीमा ल्याए।
खेलको इन्जुरी समयमा शोख्रुक महामदजोजियवले गोल गर्दै काठमाडौंलाई शानदार जित दिलाए।
काठमाडौंले एनएसएलमा दोस्रो जित हासिल गरेको हो। जितसहित काठमाडौं ८ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा पुगेको छ । हारसँगै पोखरा समान अंक भएपनि चौथो स्थानमा झरेको छ।
ललितपुर सिटी एफसी ९ अंक सहित शीर्ष र धनगढी ८ अंक सहित दोस्रो स्थानमा यथावत छन्।
Facebook Comments Box
