चीनमा मटेरियल टेक्नोलाजी कम्पनी विस्फोटमा एकको मृत्यु, पाँच घाइते

सेयर गर्नुहोस

नानिङ । दक्षिणी चीनको गुआङसी झवाङ स्वायत्त क्षेत्रको पिङ्गो सहरमा मटेरियल कम्पनीमा विस्फोट हुँदा १ जनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

राति करीब ९ः३० बजे भएको बिस्फोटमा परी चार जना मानिस बेपत्तासमेत भएको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ भने अहिले अवस्था स्थिर हुँदा उद्धारकार्य जारी छ ।

Facebook Comments Box