पत्रकार पुस्प ढुङानाले पाकिस्तानी लागानीको बारे स्पस्टिकरण दिन सकेनन

सेयर गर्नुहोस

काठमाडौं ।
ललितपुरको युनएनपार्क नजिकै रहेको नेपाल वाच नामको सञ्चार माद्यमको लगानी माथि प्रश्न उठेको छ। एक समाचारको खण्डन पठाउने क्रममा सम्पादकलाई प्रसित पत्रमा लगानीको श्रोत माथि प्रश्न उठाएको हो।

नेपाल वाचको सञ्चालकसमेत रहेका पुष्प ढुङ्गानालाई ‘नेपाल वाच मिडियाको लगानीको स्रोत के हो र ‘पोलेसी डाईलोग’ कार्यक्रमका लागि कसले रकम उपलब्ध गराएको छ?’ भन्दै प्रश्न उठाईएको छ।

नेपाल वाचमा गैरकानुनी संदिग्ध पाकिस्तानी र अन्य देशका उग्रवादी समुहको लगानी रहेको र त्यसैको जगमा टेकेर विभिन्न मन्त्रालय, संवैधानिक आयोग लगायतको सुचना चोरी गरी पाकिस्तानी तथा विदेशी संस्थालाई दिने गरेको आरोप लाग्ने गरेको छ। यसका साथै विभिन्न कार्यक्रम गरेर उनले आफनो प्रभाव देखाउने गरेको पनि आरोप छ।

यी विषयमा सोधिएको प्रश्नमा भने उनी कहिलै जवाफ दिदैनन्। परिस्कृत, सुविधा सम्पन्न, विलासी कार्यालय र महंगा पत्रकार राखेर सञ्चालन गरिएको नेपाल वाचले ‘पोलेसी डाईलोग’ भन्ने कार्यक्रम सञ्चालन गरिरहेको छ। नेपाल टेलिभिजन र एपी वानमा समय किनेर यो कार्यक्रम प्रशारण हुदै आएको छ।

नेपालमा एउटा उखान छ, ‘चोरको खुट्टा काट् भन्यो भने चोरले खुट्टा उचाल्छ।’ केही वर्ष अगाडि ‘नेपाली मिडियामा पाकिस्तानी गैरकानुनी लगानीको आशंका’ का बारेमा सोही आसयको समाचार प्रकाशन भएपछि दुई पत्रकार पुष्प ढुंगाना र ध्रुब रिजालले टोली नै बनाएर प्रेस काउन्सिलमा उजुरी गरे। तथापी त्यो समाचारमा कसैको नाम भने उल्लेख भएको थिएन। तर, उनीहरु सोही समाचारलाई आधार बनाएर उजुरी दिन पुग्नुको अर्थ अहिलेसम्म खुलेको छैन।

यता, यस विषयका समाचार वनेपछि विभिन्न धम्की आउने गरेको छ। धम्कीको सट्टा नेपाल वाचले ‘मिडियाको लगानी र पोलेसी डाईलोग कार्यक्रमको स्रोत’ खुलाई दिए समाचार वन्ने बाटो नै सकिन्छ।

पारदर्शिता लोकतन्त्रको आधारशिला हो । समाचार वनाउने क्रममा प्रेस काउन्सिललाई नै जानकारी गराएर नेपाल वाचलाई स्पस्टिकरण दिने मौका पनि पटक पटक दिईएको छ। तर, संचालक ढुङ्गाना केही थान प्रश्नको जवाफ दिन नसकेर घरी प्रेस काउन्सिल गएर गनगन गर्छन भने घरी नेपाल आजका विज्ञापदाताकोमा गएर गनगन गर्ने गरेका छन्।

सामाजिक सञ्जालमा रहेका म्युचुअल फ्रेन्ड र ईस्टमित्रकोमा गएर समेत गनगन गर्ने गरेका छन्। त्यसपछि पनि आफुलाई नेपाल वाचको शेयरहोल्डर बताउने एक महिलाले ‘समाचार नहटाए राम्रो नहुने’ धम्की दिएर गईन। त्यसै समयमा महिला प्रयोग गरेर ठिक पार्ने चेतावनी नेपाल वाचका तत्कालिन सम्पादकले दिए। गोरखापत्रमा काम गर्ने एक पत्रकारले रास्ट्रिय दैनिकको सुचना प्रयोग गरी नेपाल वाचबाट बार्गेनिङ्ग धन्दा चलाएको कुरा वाहिर आएपछि त ढुङ्गाना झन आक्रोसित भए।

तथापी नेपाल आजले आफनो धर्म र कर्म छोडेको छैन। नेपाल आजले स्पस्ट तरिकाले समाजको घटना एउटा सफा ऐना झैँ देखाउने गर्दछ। डर, धम्की, प्रलोभन, आश तथा त्रासमा नपर्ने हुँदा केही वेथितीबाट फाईदा लिनेलाई असर पर्ने नै भयो। समाजको दृश्य जस्ताको त्यस्तै प्रस्तुत गर्दा गोर्खा टोब्याकोका जेनेरल मेनेजर बताउने ज्ञानेन्द्र शर्मालाई पनि पिर परेको खुलेको छ। उनी शिव शिखर सहकारीमा आवद्ध छन्। उनको अनियमिताको बारे समाचार आएपछि फेरी नेपाल वाचको महिला र प्रेस काउन्सिल प्रयोग गरेर एक्सन लिन्छु भन्दै धम्की दिन भ्याए।

यही प्रसङ्गमा एक नियमक संस्थाका अधिकृतले पनि चीनले सिमा मिचेको तथा चिनियाँ दादागिरिको समाचार हटाउन १५ दिने अल्टिमेटम दिए। नहटाए राम्रो नहुने र हटाए तपाईलाई नै सहज हुन्छ भन्दै धम्क्याए। यी प्रकरण अन्तरास्ट्रिय उग्रवामपन्थी शक्तिले गरिब देशको मिडिया र त्यसका रजिस्ट्रार तथा नियामकलाई कसरी प्रयोग गर्छ भन्ने उदाहरण हुन। जानकारहरु भन्छन् ‘यो सवै गर्न सक्ने क्षमता पुष्पसँग छैन, कुनै अदृष्य शक्तिको आशिर्वादले नै यो घट्नाक्रम अघि वढिरहेको छ।’

प्रसङ्ग लामो छ, केही समय अगाडि नेपाल आजका संचालक बिरुद्ध नेपालवाच लगायत केही सञ्चार माध्यममा समाचारहरु प्रकाशित भए। सोही समाचारको खण्डन पठाउने क्रममा नेपाल वाच मिडियाको लगानी, ‘पोलेसी डाईलोग’ कार्यक्रमको लगानीकर्ता तथा चीन भ्रमण कसको प्रायोजनमा भएको हो भन्ने विषयमा प्रश्न उठाईएको छ।

यद्यपी नेपाल वाचमा फोन गरेर सोध्दा समेत यसको जवाफ पाईएको छैन। नेपालआज

Facebook Comments Box