स्थानिय तह,पुन्र संरचना प्रती तमालोपाको असन्तृष्टी
सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक २५
तराई मधेश लोकतन्त्रीक पाटीले स्थानिय तह पुंन संरचना प्रती असन्तृष्टी जानएको छ । जब सम्म सविधान संशोधन हुदैन तब सम्म स्थानिय तहको संरचनाको खाक सम्बन्धी कुनै पनि कार्य नगर्न अनुरोध गरेको छ ।
अन्दोलन जारी रहेको अवास्थामा कुनै पनि सम्झौता हुनु राष्ट्रघती भएको तमलोपले विज्ञाप्ती निकालेर विरोध जानएको छ । पाटी अध्यक्ष महन्थ ठाकुरद्धारा हस्ताक्षरित विज्ञाप्तीमा स्थानिय तहको संरचना प्रदेश सरकारले गर्नुपर्ने माग गर्नु भएको छ ।
गाँउ पालिकाको लागि हिमालमा १३ हजार, पहाडमा २० हजार र तराईमा ४० हजार जनसख्ंया तोकनु विभेदकरी निति भएको भन्दै तमालोपाले विरोध जानएको छ । सबै क्षेत्रमा समान हुनुपर्ने तमालोपाका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री इश्वर दयाल मिश्राले बताउनुुभयो । मधेशमा ५१ प्रतिशत जनसख्ंया रहेपनि त्यस अनुसर सिट नआउने भएकोले यो स्थनिय सरंचना गलत भएको उहाले बताउनु भयो ।
मधेशवादी दलहरुले असन्तृष्टी जानउदै गर्दा एक लौटी तरिकाले पेलेर जानु गलत भएको भन्दै यस्तो कार्य रोक्ना माग गरिएको छ ।
कपिलवस्तुमा स्थानिय तह संरचना अन्तरगर्त पाँच नगरपालिका र ६ गाँउ पालिका बनाउने सहमती भएपनि मधेशवादी दलहरुले त्यसको विरोध जानएका छन । एक व्यक्ती विशेषले गरेको निर्णयलाई आफुहरुले नमान्ने भन्दै यस विषयमा सविधानको धारा अनुसार कार्य गर्न सकिने मधेशी नेताहरुले बताएका छन ।