८ आश्विन २०८०, सोमबार

आयोगले काम नथाल्दा द्वन्द्वपीडित निराश

Satya-Nirupan२५ कात्तिक, काठमाडौं । दशैलगत्तै उजुरी छानबिनको काम थाल्ने भनेको सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगले अझै काम थाल्न समय लाग्ने जनाएको छ ।

क्षेत्रगत रुपमा मुकाम खडा गरी प्रदेशअनुसार काम सुरु गर्ने सोचमा रहेको सत्यनिरुपण आयोगका सदस्य लीलाउदासी खानलले सात प्रदेशमा क्षेत्रीय मुकाम स्थापनाका लागि व्यवस्थापनमा लागेको बताए ।

बजेट निकासा हुनासाथ क्षेत्रगत रुपमा आयोगले काम सुरु गर्ने बताउँदै उनले अहिले सत्यनिरुपण आयोगमा परेको करिब ६० हजार उजुरीको छानबिनको चरणमा प्रवेश गरिसकेको बताएको आजको राजधानीदैनिकमा समाचार छ ।

यसअघि आयोगले तामेलीमा राख्ने मुद्धाहरुको स्पष्ट जानकारी नहुँदा द्वन्द्वपीडितले आयोगले १२ सय उजुरी तामेलीमा राख्यो भनेर सर्वोच्चमा मुद्दा पनि परिसकेको खनालले बताए ।

वेपत्ताा पारिएका व्यक्तिको छानविन आयोगले भने प्रारम्भिक अनुसन्धान सकेको जनाएको छ ।  आयोगका प्रवक्ता विष्णु पाठकले आगामी जनवरीदेखि थप काम अघि बढाउने जानकारी दिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट