अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा

सेयर गर्नुहोस

अलास्का। अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ। दुई देशबीच जारी युद्धाभ्यास अन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो।

दुवै देशका सेनाले शुक्रवार अलास्कामा अभ्यास गरेका भारतीय सेनाका अधिकारीहरूले बताएका छन्। अभ्यासमा सहभागी हुन भारतीय सेनाको टुकडी हालै अलास्का पुगेको हो। सैन्य अधिकारीहरूले यसबाट उत्कृष्ट अभ्यास र अनुभवको आदानप्रदान, एक अर्काबाट सिक्न सहज हुने, अन्तर सञ्चालन क्षमता अभिवृद्धि र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ बनाउने बताएका छन्।

संयुक्त युद्ध अभ्यास यही असोज २१ गतेसम्म सञ्चालन हुनेछ। अभ्यासको अलास्का संस्करणमा भारतीय सेनाका तीन सय ५० जवान सम्मिलित छन्।

…….

युक्रेनी राष्ट्रपति जेलेन्स्की भारत भ्रमणमा आउने

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारत भ्रमणमा आउने इच्छा देखाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, यसै वर्षको अन्त्यसम्म भ्रमण गर्ने गरी उनले भारतीय पक्षसँग रुची देखाएका हुन् ।

यो प्रस्तावित यात्राबारे चर्चा अहिले सुरुवाती चरणमा छ । उनले भारतको यात्रा गरेमा यो निकै अर्थपूर्ण हुने भारतीय मिडियाको दाबी छ । युक्रेनमा युद्ध सुरु भएपछि युक्रेनी राष्ट्रपतिले गरेको पहिलो भारत भ्रमण हुने छ ।

जेलेन्स्कीको भ्रमणको विषयमा भारतीय पक्षसँग राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) स्तरको संयन्त्रमा चर्चा भइरहेकाे छ । यो संयन्त्रमातहत, युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमक र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल कुराकानीमा रहेको बताइन्छ ।

Facebook Comments Box