११ आश्विन २०८०, बिहीबार

 १८ वर्ष पूरा हुनेले आगामी चुनावमा भोट हाल्न पाउने

२५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले असोज मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता भई १८ वर्ष पूरा भएका मतदाताको नामावली संकलन सुरु गर्ने भएको छ ।

Election-Commision-of-Nepalआयोगले पहिलो चरणमा आजदेखि मतदाताको नामावलीलाई अध्यावधिक गर्ने र मतदाता नामावली संकलन गर्न सुरु गर्न लागेको हो ।

पहिलो चरणमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, सिन्धुपाल्चोक, धादिङ, मनाङ, गोरखा, मुस्ताङ, बाग्लुङ, रुकुम, हुम्ला, जुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुलासमेत हिमाली तथा उच्च पहाडी २१ जिल्लाका सम्पूर्ण गाविस/नगरपालीकाहरुमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न सुरु गर्ने आयोगले जनाएको छ ।

दोस्रो चरणमा बाँकी ५४ जिल्लामा पछि कार्यक्रम सुरु गर्ने मिति तोकिने आयोगले जनाएको छ ।

धेरै कमेन्ट गरिएका