संविधानले पुनः क्रान्तिको आवश्यकता अन्त्य गरेको छ : सभामुख

सेयर गर्नुहोस

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताएका छन्।

संविधान दिवसको शुभकामना सन्देशमार्फत सभामुख घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले अब नयाँ क्रान्ति आवश्यक नरहेको बताएका हुन्। उनले संविधानको मर्म र भावनाअनुसार राजनीतिक नेतृत्व चल्नुपर्ने आवश्यकता पऔँल्याएका छन्।

‘संविधानले राज्यका अङ्गको निर्धारण, अधिकारको विभाजन र सन्तुलन (शक्ति पृथकीकरण) को बलियो प्रबन्ध गरेकाले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ । तर, संविधानको भावनाअनुरूप हिँड्दै नेतृत्वको चरित्र प्रजातान्त्रिक र लोकतान्त्रिक हुन जरुरी छ’, उनको सन्देशमा भनिएको छ।

नयाँ संविधानको निर्माणसँगै गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षताजस्ता विषय संस्थागत भएको भन्दै सभामुख घिमिरेले समाजमा विद्यमान विभेद र असमानता अन्त्य गर्दै समृद्धि र सामाजिक न्यायको गन्तव्य संविधानमार्फत सुनिश्चित भएको बताएका छन्।

Facebook Comments Box