गोहीले आक्रमण गर्दा एकजनाको मृत्यु

सेयर गर्नुहोस

भरतपुर : चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतोको मृत्यु भएको हो।

शनिबार साँझ महतो डुंगाघाट क्षेत्रमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।

Facebook Comments Box