नालामा खसेर बालकको मृत्यु, लापरबाही गर्ने ठेकेदारलाई कारबाहीको माग

सेयर गर्नुहोस

धनुषा : जनकपुरधाममा ठेकेदारले लापरबाही खुल्ला छाडेको सडकको नालामा खसेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखिया रहेका छन्।

शुक्रबार बिहानै उठेर साढे ६ बजे घर अगाडी खेलिरहेका बालक छेउको नाला (चेम्बर)मा खसेका थिए। परिवारजनले खोजविन गरेपछि मुख तल र खुट्टा मात्रै थोरै देखिएको अवस्था भेटिएको स्थानीय शैलेन्द्र मुखियाले बताए। चेम्बर बाट निकाल्दा बच्चाको मृत्यु भइसकेको थियो।

स्थानीय दुखी मण्डलका अनुसार मधेस प्रदेश सरकारको बजेटमा दुई वर्ष अघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा ढक्कन लगाइएको थिएन।

ठेकेदार र उपमहानगरपालिकाकालाई पटक पटक ढक्कन लगाउन आग्रह गर्दा पनि अहिलेसम्म नलगाइएको र बच्चा त्यसको सिकार भएको स्थानीय मण्डलले बताए।

स्थानीयले ठेकेदारको कारबाहीको माग गरेका छन्।

Facebook Comments Box